अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तीन वटा टिप्पर एक्यापको नियन्त्रणमा
पाेखरा | जेठ १४, २०८१
पोखरा; अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

